१७० खर्ब डलर बढ्यो विश्व शेयर बजार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१७० खर्ब डलर बढ्यो विश्व शेयर बजार

पुस ९, वाशिङटन डीसी (अमेरिका) । सन् २०१९ को अहिलेसम्मको अवधि विश्व शेयर बजारका लागि निकै उत्साहपूर्ण रह्यो । यस वर्ष शेयर बजारको मूल्य १७० खर्ब डलर भन्दा धेरैले बढेको जर्मन वित्तीय सेवा प्रदायक दोयचे बैंकले बताएको हो ।  

वर्षको शुरुमा विश्व शेयरको मूल्य ७०० खर्ब डलरभन्दा तलै रहेको थियो । तर अहिले यो बढेर ८५० खर्ब डलर नाघिसकेको बैंकका प्रमुख अर्थशास्त्री टास्र्टेन स्लोकको भनाइ छ । 

केन्द्रीय बैंकहरुको खुकुलो मौद्रिक नीति र विश्वभर देखिएको सकारात्मक राजनीतिक घटनाक्रमले गर्दा शेयर बजारका लागि यो वर्ष सुखद रहेको हो ।

विश्वका ४७ देशका शेयर बजार सम्मिलित एमएससीआईको बृहत शेयर परिसूचक समिक्षा अवधिमा एक चौथाई भन्दा धेरैले बढ्यो । छिटै नै विश्व शेयर बजार ९०० खर्ब डलरमा पुग्ने विश्लेषण गरिएको छ । 

विश्वभर यस वर्ष कयौं केन्द्रीय बैंकहरुले ‘डोभिस’ (खुकुलो मौद्रिक) नीति अपनाए । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले तीन पटक ब्याजदर कटौती गर्‍यो । पहिलादेखि नै ऋणात्मक क्षेत्रमा रहेको ब्याजदरलाई यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले थप घटायो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको निर्वाचन र यूरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिटका पक्षमा जनमत संग्रह भएयता विश्वको व्यापार परिदृश्यमा छाएको तुँवालो यस वर्ष थप हट्यो । अमेरिकाले उत्तर अमेरिकी व्यापार सम्झौतामा हस्ताक्षर गर्‍यो । 

Read More