बिमा कम्पनीहरुले लाभांश घोषणामा किन गर्दैछन् विलम्ब ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिमा कम्पनीहरुले लाभांश घोषणामा किन गर्दैछन् विलम्ब ?

काठमाडौं : सूचीकृत कम्पनीमा लाभांश घोषणा, बुक क्लोज, वार्षिक साधारण सभाको चटारो भइरहँदा बिमा समूह अन्तर्गतका कम्पनीहरुमा भने अहिलेसम्म यसम्बन्धी कुनै चहलपहल छैन । यता, अरु समूहका अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरेर धमाधम साधारण सभा गरिरहेका छन् । पुस मसान्तसम्म अधिकांशले साधारण सभा पनि सम्पन्न गर्दैन । तर बिमा कम्पनीका लगानीकर्ता भने अझै पनि लाभांश घोषणाकै पर्खाइमा रहेका छन् ।

हालसम्म नेप्सेमा सूचीकृत २२ बिमा कम्पनीमध्ये २ निर्जीवन बिमा कम्पनीहरुले मात्रै गत वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा प्रभु इन्सुरेन्स र आइएमई जनरल इन्सुरेन्स रहेका छन् । यी २ कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव गरे पनि अहिलेसम्म साधारण सभाको मिति भने तय गरेका छैनन् । नियामकीय प्रवधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुससम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा गरिसक्नुपर्ने हुन्छ । 

तर, ६ महिना सकिन ३ साता पनि समय बाँकी नहुँदा पनि बिमा कम्पनीहरुमा लाभांश प्रस्तावको सुरसार छैन । यता, नियामक बिमा समिति समेत लाभांश प्रस्ताव र साधारण सभाको मितिमा लचिलो बनेको छ । बिमा कम्पनीहरुले नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लाग्ने भएकाले यसमा ढिलाई भएको समितिकै भनाई छ ।

समितिले संचालनमा रहेका सबै जीवन तथा निर्जीवन बिमा कम्पनीहरुलाई समयमै नयाँ प्रणाली एनएफआरएस अनुसार वित्तीय विवरण बनाउन निर्देशन दिएको छ । यद्दपि, त्यस अनुसार बिमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्न भने सकेका छैनन् । जसका कारण लाभांश प्रस्ताव र साधारणसभा बोलाउनमै विलम्ब भइरहेको छ ।

Read More