हिमालयन डिष्टिलरीद्धारा एक आर्थिक वर्षमा १७१ प्रतिशत लाभांश वितरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हिमालयन डिष्टिलरीद्धारा एक आर्थिक वर्षमा १७१ प्रतिशत लाभांश वितरण

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आवमा लगानीकर्तालाई कूल १७१.०५ प्रतिशत लाभांश वितरण गरेको छ। बहुराष्ट्रिय कम्पनी बाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये आ.व.२०७५/०७६ को एक आर्थिक वर्षमा लाभांश घोषणा गर्ने हिमालयन डिष्टिलरी उत्कृष्ट कम्पनी बनेको छ। 

बहुराष्ट्रिय कम्पनी युनिलिभरले भने शेयरधनीलाई ७७० प्रतिशत लाभांश वितरण गरेको छ।

कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा पुस १ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ५२.६३ प्रतिशत नगद लाभांस र ५० प्रतिशत बोनस शेयर गरी १०२.६३ प्रतिशत तथा कम्पनीको सञ्चित मुनाफाबाट अन्तरिम लाभांशको रुपमा प्रतिशेयर ६८.४२ प्रतिशत गरि आ.व. २०७५/०७६ मा कूल १७१.०५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको हो।

१९ वर्ष अगाडि स्थापना भएको उच्चस्तरको प्रविधि जडित हिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामा पारिवारिक विरासत कायम रहेको छ। यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो। जुन उच्च गुणस्तरको रहेको र नेपालमा १० लाख कार्टुनभन्दा बढि प्रति वर्ष बिक्री हुने केवल यहि एक मात्र ब्राण्ड हो।

हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३ सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको छ। कारखानामा उर्जा सह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्चस्तरीय प्रदुषण नियन्त्रण प्रणाली समेत जडान गरिएको छ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतको वृद्धि सहित ६ अर्ब ४४ करोड ११ लाखको सञ्चालन आम्दानी गरेको थियो। त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित ५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ। विगत ५ वर्षमा कम्पनीको सञ्चालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ।

Read More