काठमाडौं । लुम्बिनी विकास बैंकले नगद र बोनस शेयर गरेर २० प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आयो । यस वर्ष अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये लुम्बिनी विकास बैंकको यो सबैभन्दा उच्च लाभांश हो । विकास बैंक पनि यति राम्रो लाभांश दिन सक्दो रहेछ भनेर बजारमा हल्ला फैलियो ।
लगानीकर्ताले सोचेभन्दा बढी लाभांश लुम्बिनी बैंकले लाभांश दिने निर्णय गरेको छ । लुम्बिनी विकास बैंकलाई पच्छ्याउँदै सहयोगी विकास बैंकले पनि १९.३० नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्याे । उसले पनि लगानीकर्ताले अपेक्षा गरेभन्दा बढी लाभांश दियो । विकास बैंकले सोच्दै नसोचेको लाभांश दिन थालेपछि बजारमा तहल्का नै मच्चिएको छ । बाणिज्य बैंक भन्दा विकास बैंकले बढी लार्भाश वितरण गरिरहेका छन् ।
२५ वटा विकास बैंकमध्ये ११ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही विकास बैंकले भने वार्षिक साधारणसभा गर्दै छन् ।
अहिले पनि ११ वटा विकास बैंकले लाभांश घोषणा घोषणा गरेका छैनन र लाभांश घोषणा गर्ने तयारीमा रहेको छन् । ११ वटा विकास बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुस मसान्त भित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने भएकाले लाभांश घोषणा गर्न बाँकी विकास बैंकले पनि केही दिन भित्रै लाभांश घोषणा गर्ने तयारीमा गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० पु¥याएपनि नगद लाभांशसँगै बोनस शेयर दिइरहेका छन् । चुक्ता पुँजी २ अर्ब ५० पु¥याउनु पर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका विकास बैंकहरुले यस पटकदेखि नगदसँगै केही मात्रामा बोनस शेयर दिएका छन् ।
अहिलेसम्म लाभांश घोषणा गरेको ११ विकास बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गरेका छन् । कामना सेवा, सहायोगी, गण्डकी, सांग्रिला विकास बैंकले त यसपाली नगद लाभांश माात्र वितरण गर्दैछन् । उक्त विकास बैंकहरुले यस वर्ष बोनस शेयर दिएनन् ।
विकास बैंकले गत वर्षभन्दा यो वर्ष बढाएर लाभांश घोषणा गरिरहेका छन् । अधिकांश विकास बैंकले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।





