काठमाडौं : लुम्बिनी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १२ औं वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सुरु हुनेछ । २०% लाभांश पारित गर्ने विशेष प्रस्तावका साथ सभा आह्वान गरेको हो । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र १५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ ।








