ज्योतिको पुस २९ मा एजीएम, बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योतिको पुस २९ मा एजीएम, बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : ज्योति विकास बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकको १२ औं साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १२.७५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

म्युचुअल फण्ड स्थापना गरी कोष प्रवद्र्धकको काम गर्न प्रबन्धपत्र संशोधन गरिनेछ । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

Read More