विद्युतिय भुक्तानी गर्दा लाग्ने १० प्रतिशत भ्याट रकम फिर्ता हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युतिय भुक्तानी गर्दा लाग्ने १० प्रतिशत भ्याट रकम फिर्ता हुने

विद्युतिय भुक्तानी गर्दा लाग्ने १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्न सबै वाणिज्य बैंकहरु सहमत भएका छन् । आन्तरिक राजस्व विभागले २७ वटा वाणिज्य बैंकहरूसँग छलफल गरेर भ्याट फिर्ता गर्न लागेको हो । यहि पुस महिनाबाटै भ्याट रकम फिर्ता गर्ने  तयारी रहेको विभागले बताएको छ ।

पहिलो चरणमा मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत समान खरिदमा लाग्ने १० प्रतिशत भ्याट फिर्ता गर्ने प्रक्रिया सुरु हुदै छ । यसको लागि आन्तरिक राजस्व विभागले सफ्टवेयर समेत निर्माण गरिसकेको छ ।

भ्याट सिधै ग्राहकको खातामा फिर्ता हुनेछ । आन्तरिक राजस्व विभागले बनाएको सफ्टवेयर क्युआर कोडमा निहित हुनेछ । यसले मोबाइलबाट स्क्यान गर्दा  भ्याट वाहेकको रकम र भ्याट रकम निकाल्ने छ ।

यो सफ्टवेयरले भ्याटको १० प्रतिशत तुरुन्तै फिर्ता गर्नेछ । त्यसैगरी व्यवसायीले डेबिट र क्रेडिट कार्ड बाट हुने भुक्तानिको भ्याट रकम क्यास फिर्ता दिने प्रस्ताव गरेका थिए तर सरकारले यसको अस्वीकार गरेको छ ।

Source: ictsamachar

Read More