काठमाडौं । पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षको चयन गर्ने काम ढिलाइ भएको भन्दै लगानीकर्ताले छिटो नियुक्ती गर्न दवाव दिन थालेका छन् ।
आम लगानीकर्ताको भावनासँग जोडिएको अति नै संवेदनशील मानिने पुँजी बजार जस्तो संस्थामा अध्यक्ष चयनको प्रकृया कछुवाको गतिमा भइरहेको भन्दै उनीहरुले यस्तो दवाव दिन थालेका हुन् ।
धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भएको ७७ दिन भइसकेको छ । लामो समयमा अध्यक्ष नहुँदा त्यसको असर पूँजी बजारमा देखिएको भन्दै तुरन्त नियुक्ति गर्न दवाव दिन थालिएको हो ।





