एन आई सी एशिया बैंकले ल्यायो नेपालमै नयाँ आईभीआर सुविधा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एन आई सी एशिया बैंकले ल्यायो नेपालमै नयाँ आईभीआर सुविधा

काठमाडौं । एन आई सी एशिया बैंकले नेपालमै पहिलो पटक आईभीआर (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । 

ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले आईभीआर सेवा सञ्चालनमा ल्याएको जनाएको छ । 

ग्राहकवर्गले आईभीआर  सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आईभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछ । 

आईभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आईभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुबै माध्यमबाट गर्न सक्नेछ । 

आईभीआरमा दर्ता गर्नका लागि क्ष्ख्च् इस्पेस आफ्नो खाता नम्बर (IVRAccount Number) टाइप गरी  ३४४८८ मा पठाउनुपर्नेछ । 
एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । 

दर्ता प्रक्रिया समाप्त भए पश्चात आईभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नेछ 

Read More
  • MBL