आईपीओको बाढी आउँदै, १० जीवन बीमा कम्पनीले सवा ६ अर्बको आईपीओ ल्याउने तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओको बाढी आउँदै, १० जीवन बीमा कम्पनीले सवा ६ अर्बको आईपीओ ल्याउने तयारी

काठमाडौं । दुई वर्ष अघि जीवन बीमा सञ्चालनका लागि बीमा समितिले स्वीकृत दिएका १० बीमा कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अन्तिम तयारीमा लागेका छन् । ती नयाँ जीवन बीमा कम्पनीहरुले न्युनतम पुँजी पुर्याउनका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न लागेका हुन् ।

आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन ।

यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, रिलायन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन् ।  नयाँ बीमा कम्पनीले गत वर्षको साधारणसभाबाट न्युनतम पुँजी पुर्याउन आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन् । 

Read More