कुमारी बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने

कुमारी बैंक (KBL) ले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पुस १४ गते देखि निष्काशन गर्ने भएको छ। बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी सो बराबरको ऋणपत्र निष्काशनमा ल्याउने भएको हो।

तीन अर्ब मध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री हुनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आबेदन दिन सकिनेछ।

ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी एलबिबिबि प्लस’ रेटिङ्ग प्रदान गरेको छ। ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जनाएको छ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन गर्न पाउनेछन्। ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

Read More