सरसफाइ अभियानमा एनआइसी एसिया बैंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सरसफाइ अभियानमा  एनआइसी एसिया बैंक

सामाजिक उत्तरदायित्वप्रति सबै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै एनआइसी एसिया बैंकले सप्तरीको सदरमुकाम राजविराजको सरसफाइमा सहभागिता सुरु गरेको छ । स्थानीयवासीको सरसफाइ अभियानमा सहयोग गर्न बैंकले सहभागिता जनाएको हो ।

बैंकको राजविराज शाखाले स्थानीय एक सय व्यवसायीलाई लक्षित गरी डस्टबिन वितरण सुरु गरेको बैंकका शाखा प्रबन्धक मुकेशकुमार साहले बताए । ‘पहिलो चरणमा ५० र दोस्रोे चरणमा ५० थान डस्टबिन वितरण गर्दै छौँ,’ उनले भने, ‘अभियान वडा नं. ८ बाट सुरु भएको छ, यसलाई विस्तार गर्दै लैजाने योजना छ ।’ पसलबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न डस्टबिनभित्र प्लास्टिक राखेर फोहोर संकलन गरिने शाखा प्रबन्धक साहले जानकारी दिए ।

Read More
  • MBL - below news