काठमाण्डौ । निश्चित गिरोहले आपसमा सेटिङ गरी नेप्सेमा सूूचीकृत कम्पनीको सञ्चालक बन्ने र सर्वसाधारणको लगानीमा दाइँ गर्ने प्रवृत्ति अन्त गर्ने महत्वपूर्ण विकल्प मानिएको विद्युुतीय भोटिङ(इभोटिङ)को शीघ्र कार्यान्वयनमा नीतिगत व्यवस्था अवरोध बनेर अगाडि आएको छ ।
सूूचीकृत कम्पनीहरुको सञ्चालकको निष्पक्ष निर्वाचनका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को ‘मेरो सेयर’ लगइन गरी अनलाइनमार्फत इभोटिङ व्यवस्थाका गर्न खोजिए पनि नीतिगत अप्ठ्यारोका कारण यसले मूूर्त रुप पाउन सकिरहेको छैन । बरु नीतिगत अप्ठ्यारोमा खेलेर स्वार्थ समूहले सिडिएससीको यो महत्वकांक्षी योजनालाई अगाडि बढ्न नदिन असहयोग गरिरहेको छ ।
गत वर्ष निवर्तमान सीडीएससी प्रमुुख देवप्रकाश गुुप्ताले इभोटिङको सेवाको सुुरुवात गर्न खोजे पनि त्यो व्यवस्था लागूूका लागि नीतिगत व्यवस्थाकै अभाव खट्केको सीडीएससी स्रोतको दाबी छ । यो व्यवस्था लागूू गर्नकै लागि सीडीएससीसँग आवश्यक सिस्टम तयारी नै रहेको, तर मूूर्त रुप दिन नीतिमा शीघ्र संसोधन कुुरिरहेको स्रोतको भनाई छ । ‘यस विषयका लागि धेरै लेभलमा छलफल पनि भइसकेको हो, तर यससँग चासो र सरोकार राख्ने उच्च निकायहरुले नीति नबनाइदिँदा इभोटिङ सेवा प्रारम्भ हुुन ढिलाइ भएको हो ।’ स्रोत भन्छ ।





