कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited र जनसेवी लघुवित्तलाई राष्ट्र बैंकले एकिकृत कारोबार गर्न अनुमति दिएको छ । स्याङ्जाको वालिङमा कन्द्रीय कार्यालय रहेको कालिका र पर्वतको कुश्ममाा रहेको जनसेवीबीच एक आपसमा गाभ्ने गाभिनको लागि राष्ट्र बैंकमा बुझाएकोसम्झौतामा राष्ट्र बैंकले अन्तिम स्वीकृती दिएको छ । कलिकाले जनसेवीलाई गाभे पश्चात संस्थाको नाम कालिका लघुवित्त रहने गरि राष्ट्र बैंकले स्वीकृति दिएको हो ।
मर्जर पश्चात संस्थाको अध्यक्षता जनसेवीका अध्यक्ष विकास गौचनले गर्ने छन् भने पहिलो साधारण सभाबाट अध्यक्षको जिम्मेवारी कालिकाका अध्यक्ष कृष्ण खाँणले गर्ने सहमति भएको छ ।
प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने हाल कालिकाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले पाउने भएका छन् । अन्तिम सहमति पश्चात एक महिना भित्र एकिकृत कारोवार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
संस्थागत रुपमा कालिका लघुवित्तको प्रवन्धपत्र तथा नियमावलीमा अधिकृत पूँजी पचास करोड, जारी पूँजीदश करोड असी लाख तथा चुक्ता पूँजी रु. दश करोड असी लाख रहको र जनसेवी लघुवित्तको अधिकृत पूँजी तीस करोड जारी पूँजी चौध करोड त्रिचालीस लाख तीस हजार र चुक्ता पूँजी पनि चौध करोड त्रिचालीस लाख तीस हजार रहेकोमा गाभिए पछि बन्ने संस्थाको कुल अधिकृत पूँजी पचास करोड जारी तथा चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार बराबर हुनेछ ।







