एनएमबी, नबिल र एभरेस्ट बैंकको बजार पुँजीकरणमा फड्को, टेलिकमसहितका कम्पनीका सम्पत्तिमा संकुचन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबी, नबिल र एभरेस्ट बैंकको बजार पुँजीकरणमा फड्को, टेलिकमसहितका कम्पनीका सम्पत्तिमा संकुचन

काठमाण्डौ । बजार घटबढको शृंखलासँगै यो साता मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को हिसाबले उत्कृष्ट १० मा पर्दै आएका सूचीकृत कम्पनीहरुमध्ये अधिकांशको सम्पत्ति घटेको छ ।

बजार पुँजीकरणको हिसाबले मुख्य १० ठूला कम्पनीका रुपमा स्थापित सेयरहरुको मूल्यमा तीव्र घटबढ भयो । जसका कारण १० मध्ये ७ कम्पनीको बजार पुँजीकरण घट्यो भने बाँकी ३ कम्पनीको मात्र बढ्यो । 

यो साता बजार पुँजीकरणमा सबैभन्दा राम्रो फड्को एनएमबी बैंकले मार्यो । अघिल्लो साताको तुलनामा यो बैंकको बजार पुँजीकरणमा १.२५ प्रतिशतको सुधार देखियो । अघिल्लो साता बैंकको कुल बजार पुँजीकरण ४५ अर्ब ७७ करोड रहेकोमा बढेर ४६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

यो साता नबिल बैंक र एभरेस्ट बैंकको बजार पुँजीकरणमा समेत सुधार देखिएको छ । यी दुई कम्पनीको बजार पुँजीकरण क्रमशः ०.५३ र १.०६ प्रतिशतले सुधार भएको छ । नबिल बैंकको अघिल्लो साताको बजार पुँजीकरण ६७ अर्ब ४४ करोड बढेर ६७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने एभरेस्ट बैंकको ४५ अर्ब १९ करोड बढेर ४५ अर्ब ६७ करोड रुपैयाँ उचाइ चुमेको छ ।

साताको कुल पाँच कारोबार दिनमा पुँजीकरणको हिसाबले ठूला १० मध्ये ७ कम्पनीमा भने संकुचनको अवस्था देखियो । ती सातमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरणमा ४.१५ प्रतिशत ह्रास आयो । यो कम्पनीको अघिल्लो साता कुल बजार पुँजीकरण ५० अर्ब २८ करोडबाट घटेर ४८ अर्ब २० करोड रुपैयाँमा सीमित बन्न पुग्यो ।

Read More