सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कर सहित यो नगद लाभांश दिने प्रस्ताव गरेको हो । यसर्थ, बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र यो कार्यान्वयन हुनेछ ।
 
गत वर्ष बैंकले ४% बोनस सेयर र ५.४५% नगद गरी कूल ९.४५% लाभांश वितरण गरेको थियो । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
 

Read More
  • MBL - below news