धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया कहाँ पुग्यो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया कहाँ पुग्यो ?

 काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त दिएका उम्मेद्वारहरुको नाम छनोट तथा सिफारिस समितिले विज्ञ समूहलाई बुझाएको छ । बोर्ड अध्यक्षका लागि ८ जनाले आवेदन दिएका छन् । विज्ञ समूहमा न्यूनतम ५ जनाको नाम पेश गर्नुपर्ने प्रावधान छ । सोही आधारमा आवेदकहरुको नामावली विज्ञ समूहलाई पेश गरिएको हो ।
 
समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले उम्मेद्वारहरुले पेश गरेको कार्ययोजना, अनुभव तथा शैक्षिक प्रमाणपत्र लगायतका आधारमा सिफारिस गर्नुपर्ने मापदण्ड अनुसार आवेदकको नाम विज्ञ समूहमा पठाइएको नेपाली पैसालाई जानकारी दिए । समितिले स्वतन्त्र रुपमा ३ जना विज्ञ राखेर नाम सिफारिस गरेको फुयाँलले जनाकारी दिए । उनले भने, ‘उक्त विज्ञ समितिले १ हप्ताभित्र सिफारिस गरिएका व्यक्तिहरुको मूल्यांकन गरेर समितिमा पेश गर्नुहुनेछ ।

मूल्यांकन प्रतिवेदन आइसकेपछि सिफारिसमा परेकाहरुलाई कार्यपत्र पेश गर्न लगाइनेछ ।’ आवश्यक सबै प्रकारका मूल्यांकन गरिसकेपछि समितिले उनीहरुको नाम अर्थमन्त्री समक्ष सिफारिस गर्नेछ । अर्थमन्त्रीले ३ जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछन् । त्यसमध्येबाट मन्त्रिपरिषद्ले १ जनलाई बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यो प्रक्रिया जतिसक्यो छिटो पूरा गरिने संयोजक फुयाँलले बताए ।

Read More