पुस ३, काठमाडौं । प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेडवीच मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा बिहीवार हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा प्रभु बैंक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैंक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका,अम्बिका शर्मा लामिछाने, प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक/ प्रवर्द्धकहरु त्था समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक/ प्रवर्द्धकहरुको उपस्थिति थियो ।






