काठमाडौं : एभरेष्ट बैंकको २५% लाभांश पाउने सुरक्षित गर्ने आज बिहीबार (पुस ३ गते) अन्तिम मौका हो । पुस २३ साधारण सभा बोलाएको बैंकले शुक्रबार (पुस ४ गतेदेखि बुक क्लोज गर्दैछ । यसर्थ, बिहीबारसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । एभरेष्टले गत वर्षको नाफाबाट ५% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्न लागेको छ ।
सभा लैनचौर ब्यांकेट, लैनचौरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकको ७% अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ ।






