गुडविल फाइनान्सले दोब्बरले बढाएर घोषणा गर्यो लाभांश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुडविल फाइनान्सले दोब्बरले बढाएर घोषणा गर्यो लाभांश

ठमाडौं : गुडविल फाइनान्सले १०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, गुडविलले नगद लाभांश वितरणका लागि ८ करोड रुपैयाँ खर्च गर्नेछ । 
 

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । गत वर्ष गुडविलले ५.२६% नगद लाभांश वितरण गरेको थियो । यसआधारमा लाभांश अनुपात झन्डै दोब्ब्रले बढेको देखिन्छ । 

Read More
  • MBL - below news