बुधबारको सुरुवाती कारोबारमा नै भारतीय शेयर बजारले नयाँ रेकर्ड बनाएको छ। यसदिन सेन्सेक्स परिसूचक १२९ अंकको बढोत्तरीका साथ ४१ हजार ४८० को बिन्दुमा पुगेको छ भने निफ्टी पनि ३४ अंकले बढेर १२ हजार १९९.०५ को बिन्दुमा पुगेको छ।
दुबै इन्डेक्स भारतीय शेयर बजारमा हालसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेका हुन्।
मंगलबार विश्वका ठूला अर्थतन्त्र भएका अधिकांश देशको शेयर बजारले सुधारको गति लिएसँगै भारतीय शेयर बजार पनि नयाँ उचाईमा पुगेको थियो । यसैको निरन्तरता बुधबारको बजारले पनि पाएको विश्लेषकहरुले बताएका छन्।
सेन्सेक्समा टाटा मोटर्सको शेयर सबैभन्दा धेरै बढेको छ भने अन्य कम्पनीहरुको शेयर पनि बढेर नै खुलेको छ । यसैगरी प्रविधि क्षेत्रका कम्पनीहरुको शेयरले राम्रो सुधारको गति लिइरहेको छ।





