मोबाइल प्रयोगकर्ता बढे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोबाइल प्रयोगकर्ता बढे

काठमाडौं – तीन करोडको हाराहारीमा रहेको जनसंख्याले प्रयोग गर्ने टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ। उक्त तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ।

त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब आठ लाख र स्याटेलाइट फोन सेवा लिनेको संख्या एक हजार सात सय ४२ रहेको छ। यो तथ्यांकले नेपालमा जनसंख्याको आधारमा टेलिफोन घनत्व १४२ प्रतिशत पुगेको देखाउँछ।

तथ्यांकमा सबैभन्दा बढी ग्राहक नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)को देखिएको छ। टेलिकमका ग्राहक दुई करोड ३१ लाख ७० हजार छन्, जुन कुल प्रयोगकर्ताको ५५ प्रतिशत हो। त्यस्तै ४० प्रतिशत बजार ओगटेको एनसेलका एक करोड ६६ लाख ६८ हजार ग्राहक छन्। स्मार्टका कुल बजारको पाँच प्रतिशत २० लाख ७३ हजार ग्राहक पुगेको तथ्यांक छ।

तथ्यांक अनुसार एक करोड ९५ लाख ४० हजार इन्टरनेटका प्रयोगकर्ता पुगेका छन्। जुन कुल जनसंख्याको ६६ प्रतिशत हो। इन्टरनेट प्रयोगकर्ता एक करोड ५१ लाख ६३ हजारले मोबाइल इन्टरनेट (थ्रिजी, फोरजी ) चलाउँछन्, जुन कुल इन्टरनेट प्रयोकर्ताको ७८ प्रतिशत हो। जसमा ८७ लाख ५४ हजार नेपाल टेलिकमको बजार छ। त्यस्तै ६१ लाख ८१ हजार बजार एनसेलको र दुई लाख २७ हजार बजार स्मार्टको छ।

बाँकी ४३ लाख हजार एडिएसएल, फाइबर लाइन, रेडियो वाइफाई र वाइम्याक्स छन्। जसमा फाइबर लाइन र रेडियो वाइफाईमा निजी इन्टरनेट सेवा प्रदायकको ३२ लाख २५ हजार बजार छ। नेपाल टेलिकमको एडिएसएलमा १० लाख १६ हजार, फाइबर लाइनमा करिब ४५ हजार र वाइम्याक्स ८९ हजार ग्राहक छन्।

Read More