अनलाइन सेयर कारोबारमा १ प्रतिशत मात्रै लगानीकर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अनलाइन सेयर कारोबारमा १ प्रतिशत मात्रै लगानीकर्ता

अनलाइन कारोबार सुरु गरेको एक वर्षभन्दा बढी बितिसक्दा पनि सेयर लगानीकर्ताहरू यो प्रविधिको प्रयोग गर्न अनिच्छुक देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हाल १३ लाख ५८ हजार ७ सय २७ जनाले सेयरबजारमा कारोबार गर्छन् । तर, यो संख्याको एक प्रतिशत मात्र अनलाइन कारोबारमा सहभागी छन् । 

नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नेप्सेले २०७५ कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु गरेको थियो । अनलाइन कारोबार सुरु गरेसँगै दोस्रो बजारको कारोबार पूर्ण रूपमा स्वचालित बनेको नेप्सेको दाबी छ । 

नेप्सेकैअनुसार हाल १६ हजार ५ सय ७३ जनाले अनलाइन कारोबार गरिरहेका छन् । कुल लगानीकर्ताको यो करिब १ दशमलव १७ प्रतिशत मात्रै हो । ‘घटेको बजारमा यतिको संख्यामा लगानीकर्ता सहभागी हुनु पनि ठूलै कुरा हो,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘बजार बढ्न थालेपछि लगानीकर्ता स्वतः अनलाइन प्रणालीमा आउनेछन् ।’

दोस्रो बजारमा लगानीकर्ताको संख्याभन्दा सक्रिय लगानीकर्ताको संख्या कम छ । सामान्यतया बजार बढेको वेलामा १५ हजारसम्म र घटेको वेलामा १० हजारसम्म लगानीकर्ता बजारमा सक्रिय हुन्छन् । त्यसैले घट्दो बजारमा यो दरमा संलग्न हुनुलाई सेयर ब्रोकरले पनि उचित मानेका छन् । 

Read More