पूर्ण रुपमा कार्यन्वयनमा आएको भनिएको बर्षदिन बित्दा समेत अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या बढ्न सकेको छैन। साढे १३ लाख सकृय लगानीकर्ता मध्ये १६ हजार मात्रैले अनलाइन प्रणालीबाट कारोबार गरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।
नेप्सेकाअनुसार दोस्रो बजारमा सक्रिय लगानीकर्ता १३ लाख ५८ हजार जना छन्। यसमध्ये १६ हजार ५ सय ५३ जनाले अनलाइन प्रणालीबाट सेयर खरिद बिक्रि गर्ने गर्दछन। बाँकी १३ लाख ४२ हजारले आजको दिनमा पनि ब्रोकर कार्यालयमा पुगेर वा ब्रोकरलाई आदेश दिएर नै कारोबार गरिरहेका छन्।
लगानीकर्ताले बजारको अपडेट अनलाइन प्रणालीबाट लिने गरेपनि धेरै लगानीकर्ताले खरिद बिक्रिको आदेश ब्रोकर मार्फत नै गर्ने गरेको ब्रोकर एशोसिएनका अध्यक्ष भरत रानाभाटले बिजपाटी डटकमसँगको कुराकानीमा बताए। बजार सुस्त हुँदा ब्रोकरलाई नै फोन गरेर या कार्यालयमै पुगेर सेयर खरिद बिक्रि आदेश दिने धेरै भएको रानाभाटले बताए।
रानाभाटकाअनुसार कुनै ठाउँमा जागिर गर्ने र सेयरबजारमा नियमित कारोबार गर्नेको रोजाईमा अनलाइन प्रणाली नपरेकाले अनलाइन लिनेको संख्या कम भएको उनको तर्क छ।




