कुमारीलाई रु. ३ अर्बको ऋणपत्र निश्कासन अनुमति, आकर्षक ब्याजको अफर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारीलाई रु. ३ अर्बको ऋणपत्र निश्कासन अनुमति, आकर्षक ब्याजको अफर

काठमाण्डौ । कुमारी बैंक लिमीटेडलाई धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ । 

योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको रु. ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ। 

बोर्डले बैंकलाई '१०.२५% कुमारी बैंक डिवेञ्चर-२०८६' निश्कासनको अनुमति दिएको हो । 

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो । 

पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु. १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो । 

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् । 


Read more at http://www.bizshala.com/story/%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%B2%E0%A4%BE%E0%A4%88-1#XtIPC4EWDc4qvJZ6.99

Read More