नेपाल फाइनान्सको नेप्सेमा शेयर कारोबार सुचारु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल फाइनान्सको नेप्सेमा शेयर कारोबार सुचारु

नेपाल फाइनान्स लिमिटेड (NFS) को पुस १ गते मंगलबार ५ वर्षपछि नेप्सेमा शेयर कारोबार सुचारु भएको छ। नेप्सेले २०७६ मंसिर ३० गते सोमबारदेखि धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेसँगै मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुला भएको हो।


यससँगै फाइनान्सको शेयर मंगलबारबाट खरीद बिक्री गर्न मिल्ने भएसँगै पाँच वर्षसम्म बन्धक भएको लगानीकर्ताको सम्पत्ति गर्न सक्ने भएका छन्। 

नेपाल स्टक एक्सचेञ्जले समस्याग्रस्त संस्थाबाट मुक्त भएपछि फाइनान्सको धितोपत्रको कारोबार रोक्का गरेको ५ वर्षपछि खुला गरेको हो। कारोबार खुलेसँगै फाइनान्सको माग बढेको छ । नेप्सेको मार्केट डेप्थमा २३० कित्ताको माग हुँदा १० कित्ता शेयर मात्र बिक्रीका लागि राखिएको छ।

फाइनान्सको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिले कारोबार फुकुवा गर्न अनुरोध गर्दै २०७६/७७ सम्मको धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाए पश्चात कारोबार फुकुवा गरेको थियो।

काठमाण्डौं इञ्जिनियरिङ कलेज समुहका साथै स्थानीय व्यवसायीको इन्ट्रीसँगै फाइनान्स मंसिर २६ गते बिहीबारदेखि समस्याग्रस्त संस्थाबाट मुक्त भई ब्यवसायीक कारोबार थालेको थियो।

यसअघि नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते फाइनान्सलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि फाइनान्सको व्यवसायीक कारोबार सबै रोकिएको थियो।

नेपाल राष्ट्र बैंकको २०७६ मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेसँगै फाइनान्स सञ्चालक समितिको बैठकले मंसिर २६ गते बिहीबारदेखि नियमित रुपमा ब्यवसायीक कारोबार थालेको हो।

Read More