दुई कम्पनीको १२ लाख कित्ता हकप्रद सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई कम्पनीको १२ लाख कित्ता हकप्रद सूचीकृत

नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको झण्डै १२ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। दोस्रो बजारमा कारोबारको लागि वोमी लघुवित्त र बेष्ट फाइनान्स कम्पनीले उक्त शेयर सूचीकृत गराएका हुन्। 

वोमी लघुवित्तले गत साउन ९ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत अर्थात प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो सोहि शेयर दोस्रो बजारमा कारोबारको लागी सूचीकृत भएको हो।

शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी बेष्ट फाइनान्सको १ लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर पनि दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको छ।

सूचीकृत भएका उक्त शेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारबाट कारोबार गर्न सक्नेछन्।

Read More
  • MBL - below news