ग्राहक लोभ्याउन इन्टरनेटमा प्याकेज


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्राहक लोभ्याउन इन्टरनेटमा प्याकेज

काठमाडौं : इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहक आकर्षण गर्न इन्टरनेटमा विभिन्न प्याकेज तथा अफर सुविधा ल्याएका छन्। ग्राहकलाई इन्टरनेट सेवा लिँदा नेट टीभी, इन्टरनेटसँगै टीभी, मोबाइल, बिमासहित सुविधा दिन थालेका छन्। इन्टरनेटको बजार बढाउन र ग्राहक आकर्षित गर्न यस्ता अफर आएका हुन्।

ग्राहक सेवा विस्तार गरी थोरै लाभबाटै ग्राहकको विश्वास जित्न यसअघि बर्सेनि चाडपर्व (दसैंतिहार)मा आउने यस्ता अफर अहिले बेमौसमी हुन थालेका छन्। ग्राहकसँग पैसा हुँदा जुनबेला पनि बजारबाट सेवा र सुविधा लिन सकिन्छ। चाडपर्व नै कुर्नु पर्दैन भन्ने आसयबाट यस्ता अफर ल्याइएको इन्टरनेट सेवाप्रदायक कम्पनीको भनाइ छ।

इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टका अनुसार बजारमा हुने प्रतिस्पर्धा ग्राहकलाई आफूतर्फ आकर्षित गर्नु नै हो। अहिले आएका विभिन्न अफरले पनि ग्राहकको ध्यानाकर्षण गराउने माध्यम बनेको हो। सेवा लिएबापत दिने सुविधालाई प्याकेजिङ गरेर दिँदा ग्राहक आकर्षित हुन्छन् र यसले समग्र बजारलाई बढाउने अनुमान गरेर यस्त अफर ल्याइएको बुझाइ भट्टको छ।

‘ग्राहकले के रुचाउँछन् र कसरी सेवा दिने भन्ने हो। बजारको अवश्यकता र माग पनि यस्ता अफर प्रभावकारी हुने वल्र्डलिंकका जनसम्पर्क निर्देशक लक्ष्मण यादव बताउँछन्। उनका अनुसार ग्राहकलाई सुविधा दिने हो। इन्टरनेटको पहुँच बढाउने र बढीभन्दा बढी ग्राहक आकर्षित गर्न अफर आवश्यक हुन्छ। अफर जहिले ल्याउँदा पनि हुँदो रहेछ मुख्य चाडपर्व नै भनेर बस्नुपर्दैन। ग्राहक पहिलेजस्तो दसैंतिहार नै कुरेर बस्दैनन्। जहिले जे अफर आउँछ मौकाको फाइदा लिनुपर्छ भन्ने पनि छन्। यसको प्रभावकारिता सकारात्मक हुने यादव बताउँछन्।

Read More