मर्जरपछि वोमी र नागरिक लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
मर्जरपछि वोमी र नागरिक लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

काठमाण्डौ । मर्जर प्रक्रिया टुंगाएका वोमी लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आज सोमबारदेखि सुरु भएको छ ।

वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति पाएका यी दुवै वित्तीय संस्थाले गत भदौ १२ गते विशेष साधारणसभाको आयोजना गर्दै मर्जर प्रक्रिया टुंगाएका हुन् ।

आपसमा मर्ज हुने क्रममा दुवै संस्थाको बोर्डको निर्णय र संयुक्त मर्जर समितिबाट नागरिक लघुवित्तको १०० कित्ताबराबर बोमी लघुवित्तको ७२ कित्ता सेयर कायम हुने गरी सेयर स्वाप अनुपातमा सहमति गरिएको छ । 

एकीकृत वित्तीय संस्थाको केन्द्रीय कार्यालय हालको नागरिक लघुवित्तको कार्यालय नै हुनेछ । संस्थाको सीईओमा बोमी लघुवित्तका हालका सीईओले निरन्तरता पाउनेछन् ।

वोमी माइक्रोफाइनान्सले २०६८ सालको नारी दिवसको अवसर पारी आफ्नो कारोबारको शुभारम्भ गरेको थियो । महिला प्रमोटरको बाहुल्यता रहेको यो संस्थाको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ ।

Read More
  • MBL