९ जलविद्युत् आयोजनाले सर्वसाधारणबाट लगानी जुटाउन २ अर्ब १३ करोड रुपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने तयार गरेका छन् । यी कम्पनी धितोपत्र बोर्डमा सेयर निष्कासन अनुमति माग्ने प्रक्रियामा छन् ।
माउन्टेन इनर्जी नेपाल, युनाइटेड इद मार्दी एन्ड आरबी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर जलविद्युत्, सुभम पावर र मैलुङखोला जलविद्युत् कम्पनी अनुमति प्रक्रियामा छन् । लिवर्टी इनर्जी कम्पनी र ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड भने स्वीकृतिको अन्तिम चरणमा छन् । सिंगटी हाइड्रोपावर कम्पनी र सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर) बीच सामान्य विवाद देखिएकाले कम्पनीको अनुमति प्रक्रिया लम्बिरहेको छ ।




.jpg)
