अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको आज एजीएम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अहिलेसम्मकै ठूलो आइपीओ ल्याउन लागेको इन्फ्रास्ट्रक्चर बैंकको आज एजीएम

 काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा आज आइतबार (मंसिर २९ गते) हुँदैछ । यस बैंकको पहिलो साधारण सभा आज बेलुका ४ बजेदेखि र्याडिसन होटलमा सुरु हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभाले हालसम्मकै ठूलो साधारण सेयर (आइपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्तावसहित सभा डाकेको हो ।
 
साथै, सभाले आइपीओ निष्कासनको प्रस्ताव सहित चुक्ता पुँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । बैंकको चुक्ता पुँजीमा भएको वृद्धिसँगै बैंकको प्रबन्धपत्रमा संशोधन वा थप गर्नेछ ।

Read More