एनआईसी एशियाले नयाँ कार्ड सिस्टम प्रयोगमा ल्याउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशियाले नयाँ कार्ड सिस्टम प्रयोगमा ल्याउने

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले कार्ड सिस्टममा एसटुएम (S2M) को सेलेक्ट सिस्टम ईएफटी (select system EFT) स्वीच प्रयोगमा ल्याउने भएको छ । बैंकले S2M (Societe Maghrebine De Monétique Ltd.)  मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि सम्झौता गरेको हो । सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एसटुएम मोरक्कोका तर्फबाट उपाध्यक्ष श्री मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका हुन्।

यो स्वीच प्रयोगमा आएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै स्वदेश तथा विदेशबाट कार्डबाट हुने इ कमर्श कारोबार सहज हुने बैंकले जनाएको छ ।  स्वीचको कार्यान्वयनसँगै कार्डबाट हुने भुक्तानी प्रणालीमा विद्यमान विभिन्न सुरक्षा चुनौतीको समाधान हुने विश्वास बैंकले लिएको छ । 

Read More
  • MBL - below news