काठमाण्डौ । मौसम चिसिँदै गर्दा सेयरबजारको पारो भने निकै ताकेको छ । करिब ३ महिनादेखि साइडवेजमा रहेको सेयर बजार गत साताको आइतबारदेखि नेप्से सूूचकांकमा लागेको गतिले विश्राम लिएको छैन ।
लघुवित्त उपसमूूहका सेयरमूल्यमा आएको उछालले तङ्ग्रिदै गरेको बजारमा हिजो(बिहीबार)बाट इन्स्योरेन्स उपसमूह समेत चम्कन थालेको छ । नियमित र अनुशासित अंकको वृद्धि तथा कारोबार रकम तीन गुुणा बढेर पौने अर्ब पुुग्दा लगानीकर्ताहरुमा आत्मबल बलियो बन्दै गएको छ । यससँगै लगानीकर्ताहरुमा बजारको बढोत्तरीले निरन्तरता पाउला वा ब्रेक लाग्ला भन्ने तीव्र उत्सुकता देखिएको छ ।
बजारको यो वृद्धि कत्तिको दिगो हो ? के अब बजारले बुलिस प्रवृतितर्फको यात्रा तय गर्न थालेको हो ? आगामी दिनको बजारले कस्तो गति लिनसक्ला ? यिनै विषयमा केन्द्रीत रही हामीले केही विश्लेषक, अगुवा लगानीकर्ता लगायतलाई सोधेका छौं । हेरौं कसले के भने:
भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल
बढ्दो मार्केटमा सेक्टर वाइज बढ्नुुले आगामी दिन निकै सुुखद नै हुन्छ । नेपाली सेयर बजारमा बढिरहेको बजारमा लगानीकर्ताहरु भिन्दाभिन्दै उपसमूूहमा शिफ्ट हुुने परिपाटी पहिलेदेखि नै चलिरहेकै हो । बिस्तारै बजारले पोजिटिभ सिग्नल दिन थालेको मेरो बुुझाइ छ ।





