विकास बैंक र फाइनान्स कम्पनीको लाभांश घोषणा : कुनको कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विकास बैंक र फाइनान्स कम्पनीको लाभांश घोषणा : कुनको कति ?


काठमाडौं : नेप्सेमा सूचीकृत संस्थामा लाभांश प्रस्ताव, साधारण सभा र सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गर्ने लहर चलेको छ । चालु आर्थिक वर्ष सुरु भएको ५ महिना सकिन लाग्दा बैंक तथा वित्तीय संस्थामा भइनभ्याईं भएको छ । नियामकीय प्रवधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र लाभांश प्रस्ताव गरेर वार्षिक साधारण सभा गर्नु पर्ने हुन्छ । यस्ता कम्पनीहरुलाई औषत रुपमा राम्रो पनि मानिन्छ । 
वाणिज्य बैंकहरु मध्ये अब केहिले मात्रै लाभांश घोषणा गर्न बाँकी रहदा विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने अझै धेरैको लाभांश घोषणा हुन बाँकी छ । हेरौं कुनकुन कम्पनीले लाभांश घोषणा गरें : 

 

९ विकास बैंकको लाभांश घोषणा, कुन–कुनको हुन बाँकी ? 

विकास बैंकमा मर्जर तथा एक्विजीसनको चटारो रहेको छ । यस वर्ष गण्डकी विकास बैंक मेगा र कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकसँग एक्विजिसन जान समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । यता, ओम डेभलपमेन्ट बैंक भने एनएमबि बैंकसँग मर्जरमा गएर केही समयअघि देखि एकीकृत कारोबार समेत सुरु भइसकेको अवस्था छ । शाइन रेसुंगा, पूर्णिमा र भार्गव विकास बैंकको एक्विजिसनपछि मंसिर २२ गतेबाट एकीकृत कारोबार भएको छ । कावेली र माउन्ट मकालुबीच जेठ २७ देखि एकीकृत कारोबार सुरु भएको छ । 
 

Read More