एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ को लिलामीमा राखिएका ऋणपत्रमा आवेदन दिन आज अन्तिम म्याद


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ को लिलामीमा राखिएका ऋणपत्रमा आवेदन दिन आज अन्तिम म्याद

काठमाण्डौ । लिलामीमा राखिएको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ को स्वामित्वमा रहेका १ लाख ७४ हजार इकाइ ऋणपत्रहरुमा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ।
एनएमबी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा यसकम्पनी योजनाव्यवस्थापक रही एनएमबी म्युचअल फन्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ को स्वामित्वमा रहेका ऋणपत्रहरु लिलामी प्रक्रियामार्फत बिक्री खुलाइएकोमा बिक्री हुँदा बाँकी रहेका इकाइहरु पुनः गत शुक्रबारदेखि लिलामीमा राखिएको हो ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ११% एनआईसी एसिया डिबेन्चर २०८२/८३ को ६० हजार इकाइ, १०.५% एसबीएल डिबेन्चर २०८२ को ५० हजार इकाइ, १०% सानिमा डिबेन्चर २०८५ को ५० हजार इकाइ, ८% बीओके डिबेन्चर २०७९ को १० हजार इकाइ र ८% इबीएल डिबेन्चर २०७८ को ४ हजार इकाइ लिलामीमा राखेको हो ।

Read More
  • MBL - below news