बीमा र माइक्रोफाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बीमा र माइक्रोफाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौं । पुँजी बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ११५० अंकको दूरी पार गरेको छ । ११ सय अंकको वरिपरी घुमिरहेको नेप्से गत सातादेखि निरन्तर उकालोपछि नेप्सेले ११५० अंकको दूरी पार गर्न सफल भएको हो । 

खासगरी बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनी समूहको सूचक बढेपछि नेप्सेले सजिलै ११५० अंकको दूरी पार गर्न सफल भएको ब्रोकरको भनाइ छ । बैंकहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेको तर बीमा कम्पनी र माइक्रोफाइन्सले धमाधम आकर्षक लाभांश घोषणा गरिरहेकाले उक्त समूहको सूचक बढेको समग्र नेप्से बढ्न पुगेको हो । 


बुधबार मात्र डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश घोषणा गर्न पुग्यो । लाभांश घोषणा गरेकै दिन उक्त लघुवित्तको शेयर मूल्य ७९ रुपैयाँले बढन पुग्यो । प्रतिकित्ता ८ सय नजिकमा कारोबार भइरहेको डिप्रोक्स लघुवित्त कम्पनीको शेयर लाभांश घोषणा बाहिर आएसँगै ८ सय ८० को हाराहारीमा पुग्यो ।
यस्तै आकर्षक लाभांश अन्य लघुवित्त कम्पनीले पनि धमाधम घोषणा गरेका कारण उक्त समूहको सूचक बढन पुगेको हो । लगानीकर्ता पनि उच्च लाभांश बुक गर्नेतिर लागेर उक्त कम्पनीको शेयर खरिद गरिरहेका छन् ।

Read More