बैंकलाई ब्रोकर लाइसेन्स किन अड्कियो ? हेर्नुहोस् ५ कारण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकलाई ब्रोकर लाइसेन्स किन अड्कियो ? हेर्नुहोस् ५ कारण

काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी(ब्रोकर)लाइसेन्स दिने विषय अहिले एकाएक सेलाएको छ । 

यसको पक्षमा चर्का कुरा गर्नेहरु पनि अहिले तै चूप मै चूपको अवस्थामा छन् ।

कारण १: ब्रोकरहरुको व्यवसाय गुम्ने चासो र चिन्ता
बैंकलाई ब्रोकर लाइसेन्स वितरण गरिए हाल रहेका ५० स्टक ब्रोकरहरुले ठूला बैंकसँग प्रतिस्पर्धामा पछि पर्नुपर्र्ने  कारण संघीय संसदको अर्थसमितिलाई गुहारेको जानकारी चुहिएसँगै हाल अध्ययनको बहानामा नेप्सेले अघि बढाइसकेको लाइसेन्स प्रक्रियासमेत स्थगित भएको छ । 

विगतमा २३ वटा ब्रोकर मात्र छँदा उनीहरुले तीव्र विरोध जनाइरहँदा हाल थपिएका नयाँ ब्रोकरले अदालतको ढोका ढक्ढक्याएर लाइसेन्स पाएका थिए । नयाँ ब्रोकरको आगमनसँगै बजार चलायमान भई नयाँ उचाईमा पुगेको थियो । 

बैंकलाई ब्रोकर लाइसेन्स दिइँदा बजारको पहुँच बिस्तार भई लगानीकर्ताले सहज र सरल सेवा पाउने र यसबाट बजार समेत बढ्ने भए पनि यसलाई रोक्न खेल भएको देखिन्छ ।

कारण २: लगानीकताको पनि मौन सहमति
बैंकलाई ब्रोकर लाइसेन्सको माग उठाइरहेको कुनै एक संघका नेताले केही समयअघि एउटा ब्रोकरबाट पूँजी बजारसम्बन्धी कार्यक्रम समारोहमा सौजन्य गरिदन आग्रह गरेसँगै सो ब्रोकर र संघका अध्यक्षबीच बैंकलाई ब्रोकर लाइसेन्सको मागमा मत्थर हुने गोप्य सेटिङ भएको थियो ।

Read More