काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गते काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा वार्षिक साधारणसभा गर्ने भएको हो ।
साधारणसभामा मुख्य अजेन्डाका रुपमा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशले प्रवेश पाउने छ । गत वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभामा छलफल भई अनुमोदन हुनेछ ।





