काठमाडौं : मञ्जुश्री फाइनान्सले ११.५५% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १.७५% बोनस र कर प्रयोजन सहित ९.८०% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
गत वर्ष मञ्जुश्रीले २.९५% नगद लाभांश वितरण गरेको थियो । यस आधारमा लाभांश अनुपात करिब ४ गुणाले बढेको देखिन्छ ।






