आकर्षक लाभांश पारित गर्न एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आकर्षक लाभांश पारित गर्न एनएमबी बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आकर्षक लाभांश प्रस्ताव गरेको एनएमबी बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको आकर्षक लाभांश अनुमोदन गर्नेछ ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ । 


Read more at http://www.bizshala.com/story/%E0%A4%86%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%95-6#VDh19t3iSuHF3dKo.99

Read More
  • MBL - below news