साढे १६ अर्बको हकप्रद सेयर थपिँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साढे १६ अर्बको हकप्रद सेयर थपिँदै

काठमाडौं- जलविद्युत्, बिमा र उत्पादनमुलक लगायत नौवटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी कम्पनीले आफ्नो पुँजी बढाउने उद्देश्यले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार जलविद्युत्, बिमा र उत्पादनमूलक लगायत विभिन्न नौ कम्पनीले करिब १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको १६ करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका छन् ।

हाल बोर्डबाट हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका कम्पनीमा सबैभन्दा बढी हकप्रद सेयर हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को रहेको छ । जलविद्युत् क्षेत्रमा लगानी बढाउने उद्देश्यले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, एचआइडिसिएलपछि अपी पावर कम्पनीले ठूलो मात्रामा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जलविद्युत् आयोजनाका लागि लगानी बढाउन दुई अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको दुई करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

धितोपत्र बोर्डमा निवेदन दिएको लामो समय बितिसक्दा पनि झन्झटिलो प्रक्रियाका कारण अपी पावरले हालसम्म अनुमति पाएको छैन । जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।

बोर्डका अनुसार श्रीराम सुगर मिल्सले ८९ करोड तीन लाख ९४ हजार रुपैयाँ बराबरको ८९ लाख तीन हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि निवदेन दिएका छ । उद्योगको क्षमता विस्तारका लागि हकप्रद सेयर निष्कासन गर्ने निर्णयमा पुगेको सुगर मिल्सले जनाएको छ । त्यसैगरी, नाग्दी गु्रप पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनीले पनि हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

Read More