निशानलाई साढे २ अर्ब येन तिराउन सिफारिश


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
निशानलाई साढे २ अर्ब येन तिराउन सिफारिश

मंसिर २४, टोकियो (जापान) । जापानको शेयर बजार नियामकले घरेलु अटो निर्माता कम्पनी ‘निशान मोटर कम्पनी लिमिटेड’लाई झण्डै साढे २ अर्ब येन तिराउन सिफारिश गरेको छ । 

कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोनलाई धेरै तलब सुविधा दिएर थोरै देखाएको मामिलामा कम्पनीलाई २ अर्ब ४० करोड येन (२ करोड २० लाख डलर) जरिवाना तिराउन बजार नियामकल वित्तीय नियामकलाई सिफारिश गरेको हो । 

यो जरिवानाले सन् २०१८ को मार्चसम्मको चार वर्ष समेट्ने सेक्यरिटिज एण्ड एक्सचेञ्ज सर्भिलियन्स कमिशन (एसईएससी)ले मंगलवार एक विज्ञप्तिमा बताएको छ । 
वित्तीय अनियमितताको आरोपमा गोन गत वर्षको नोभेम्बरमा पक्राउ परेका थिए । 

उनीमाथि करीब १ दशकसम्म आफ्नो तलब ९ अर्ब १० करोड येन (८ करोड ४७ लाख डलर) कम देखाएको र व्यक्तिगत वित्तीय अस्थायी रुपमा घाटा निशानको खातामा सारेको लगायत अभियोग लागेको छ । 

Read More