प्रादेशिकस्तरमा ‘ब्रोकर’का थप शाखा खोल्न नेप्सेद्वारा आवेदन माग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रादेशिकस्तरमा ‘ब्रोकर’का थप शाखा खोल्न नेप्सेद्वारा आवेदन माग

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले संघीय संरचनाअनुसार प्रादेशिक स्तरमा ब्रोकर कम्पनीहरुका शाखा विस्तारका लागि ढोका खुला गरेको छ । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुले संघीय संरचनाअनुसार प्रादेशिक स्तरमा धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धात्मक रुपमा विस्तार गर्न धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारका लागि पूर्ण तयारीसँगै ढोका खुल्ला गरिएको हो । 

उनले आवेदन माग भए धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारका लागि अनुमति दिइने जानकारी दिए । ‘प्रत्येक ब्रोकरले आवश्यक विस्तृत पूर्वाधार तयार गरी नेप्सेमा निवेदन दिइए शाखा विस्तारका लागि अनुमति दिन सकिन्छ।’–उनले भने । 

गत वर्ष मंसिर १७ गते नियामक नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डले धितोपत्र वस्तु तथा विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारको पहुँच विस्तार गरी धितोपत्र बजारमार्फत स्थानीयस्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकालीन पूँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिक रुपमा सम्भाव्य जिल्ला÷स्थानहरुमा धितोपत्र दलाल सेवा सञ्चालन अनुमति दिने कार्यक्रम निर्धारण भएअनुरुप स्थानीयस्तरमा रोजगारी वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधासमेत देशव्यापी रुपमा विस्तार भई समग्र पुँजीबजारको दायरा फराकिलो हुने जनाएको थियो । 

Read More