एनआईसी एसिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्ने क्रममा नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७, रानीनगरमा आपm्नो ४४ औं शाखारहित बैंकिङ सेवा मंसिर १९ गतेबाट सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको उद्घाटन विनयी त्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष प्रितम गुरुङ र वडा नं. ७ का वडा अध्यक्ष गोपालबहादुर क्षेत्रीको संयुक्त उपस्थितिमा सम्पन्न भएको उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा अनिता थापालाई नियुक्त गरिएको बैंकले जनाएको नायव प्रमुख कार्यकारी अधिकृतले सुधीरनाथ पाण्डेले बताए ।








