भारतको शेयर बजारमा ६,००० करोडको फर्जि कारोबार पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतको शेयर बजारमा ६,००० करोडको फर्जि कारोबार पक्राउ

एजेन्सी । भारतको ट्याक्स इन्भेष्टिगेसन टिमले देशभरी फैलिएका शेयर ब्रोकरसँग मिलेर कालोधनलाई सम्पत्ति शुद्धिकरण गर्ने  गिरोहलाई पक्राउ गरेको छ । शेयरबजारमा फर्जि कारोबार गराएर कालोधनलाई सम्पत्ति शुद्धिकरण गर्न  ग्राहकसँग कारोबार गर्ने र घाटा वा  नाफा दुबैमा कालोधन प्रयोग गरि सम्पत्ति शुद्धिकरण गर्ने गरेको सुराकका आधारमा देशभरबाट करिब ६००० करोड भारु बराबरको फर्जि कारोबार पक्राउ गरेको छ । 

भारतीय ट्याक्स अधिकारका अनुसार यो घटनाबाट देशका ठूला ठूला यस्तो  अड्डा भएको  सूचना पाएको र  अब चडौं नै सबैको पर्दाफास हुने भारतीय पत्रिका इण्डिया टूडेलाई जनाएको छ । ट्याक्स अधिकारीहरुले दिल्ली, नोइडा, गुरुग्राम,गाजियावाद,मुम्बइ, कानपुर, कोलकात्तामा जस्तो ३९ स्थानमा रहेका ब्रोकर कार्यालयमा छापा मारेको जनाइको छ ।

Read More