तारागाँउ रिजेन्सी होटल (TRH) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैंठकले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट चुक्ता पूँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टि पश्चात) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई प्राप्त गर्न सक्नेछन्।





