काठमाडौं : सोल्टी होटलको २६.३१५% लाभांश सुरक्षित गर्ने आज मंगलबार (मंसिर २३ गते) अन्तिम मौका हो । पुस २४ गते साधारण सभा बोलाएको होटलले बुधबार (मंसिर २५ गते) बुक क्लोज गर्दैछ । यसर्थ, मंगलबारसम्म मात्र कायम सेयरधनीले लाभांश पाउनेछन् ।
सोल्टीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र ११.३१५% नगद वितरण गर्न लागेको हो । सभा नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
...





