अर्थ संसार, काठमाडौं-एनआई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा सञ्चालक समितिका अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सोमबार ट्रेड टावर थापाथली, काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व.२०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यालयहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्काशन गर्ने निर्णय गरेको छ । साथै सोमबार बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको ३९औं सञ्चालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ...





