सप्तकोशी डेभलपमेण्टको कारोबार रोक्का


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सप्तकोशी डेभलपमेण्टको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सप्तकोशी डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण समयमै पेश नगर्दा कारोबार रोक्का गरिएको हो ।

 धितोपत्र सूचीकरण सम्झौता बमोजिम प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिनाभित्र प्रगति प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । 

धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धीत संवेदनशिल सुचना समयमा पेश नगरेको भन्दै कारोबार स्थगित गर्नुपरेको नेप्सेले सुचना मार्फत जानकारी गराएको छ ।

Read More
  • MBL - below news