युनाइटेड इन्स्योरेन्स (UIC) को अवितरित हकप्रद शेयरको शिलबन्दी बोलपत्र एनएमबि क्यापिटलमा मंसिर २३ गते सोमबार खुला गरिएको छ। इन्स्योरेन्सको लिलामीमा राखेको कूल ४ लाख ९९ हजार १९२ कित्ता शेयरका लागि परेको शिलबन्दी बोलपत्र सोमबार दिउँसो २ बजे खुला गरिएको हो।
जसमा सर्वसाधारण तर्फको तीन लाख ४१ हजार ५४३ कित्ता शेयरको प्रारम्भिक कटअफ १८० रुपैयाँ ८० पैसा कायम भएको क्यापिटलले जनाएको छ। जसअनुसार लगानीकर्ताले इन्स्योरेन्सको प्रतिकित्ता १८० रुपैयाँ ८० पैसा वा सो भन्दा बढी मूल्यमा शेयर पाएका छन्।
लिलामी शेयरमा आवेदन गर्न पाउने अन्तिम दिन कम्पनीको शेयर २१२ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार कम्पनीको कछअफ मूल्य सो दिनको मुल्यको तुलनामा १४.७२ प्रतिशत अर्थात ३१ रुपैयाँ २० पैसा रुपैयाँ तल निर्धारण भएको हो।
मंसिर २३ गते आइपुग्दा भने कम्पनीको शेयर दोस्रो बजारमा भने इन्स्योरेन्सको प्रतिकित्ता २३७ रुपैयाँमा कारोबार भएको छ। यसआधारमा न्यूनतम मूल्यमा लिलामी सकार्ने लगानीकर्तालाई ५६ रुपैयाँ २० पैसा मुनाफा भएको छ।
उक्त लिलामी शेयरमा न्यूनतम १०० कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने व्यवस्था रहेको थियो भने प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन खुला गरिएको थियो।





